१२ बैशाख २०८१, बुधबार 1713975484
समाचार

कारको ठक्करले पैदलयात्रुको ज्यान गयो

काठमाडौं । झापाको कनकाई नगरपालिका ३ सेल्फीडाँडामा कारको ठक्करबाट एक जना पैदलयात्रुको बुधबार मृत्यु भएको छ । झापा कनकाई नगरपालिका ३ की ३६ बर्षीया सावित्रादेवी भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदैगरेको बा १८ च २२४७ नम्बरको कारको ठक्करबाट हिजो बेलुकी ८ बजे पैदलयात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ । बाटो काट्दै गरेकी पैदलयात्रु भण्डारीको कारको ठक्करबाट घटनास्थलमै मृत्युभएको प्रहरीको भनाइ छ ।

ठक्कर दिने कार र चालकलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको जनाएको छ ।