२०७९ आश्विन ११ मंगलवार 1664264437
Banner

प्रेस चौतारीको महाधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्‍घाटन गर्नुहुने

पोखरा– प्रेस चौतारी नेपालको नवौं महाधिवेशन आजदेखि पोखरामा सुरु हुँदैछ ।

पोखरास्थित सभा गृहमा आयोजित समारोहमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे महाधिवेशन उद्‍घाटन गर्ने कार्यक्रम छ ।

महाधिवेशनका लागि पोखरामा देशभरका प्रतिनिधि भेला भएका छन् ।

महाधिवेशनले १७ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित हुनेछ ।

चौतारी केन्द्रीय कमिटीको बिहीबार साँझ बसेको बैठकले विधान संशोधन प्रस्ताव पारित गर्दै केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरुको संख्या निर्धारण गरेको हो ।

महाधिवेशनमा विधान संशोधन प्रस्ताव अनुमोदन भएसँगै चौतारीमा अब अध्यक्ष एक, उपाध्यक्ष एक महिलासहित चार, एक महासचिव, तीन उपमहासचिव, एक कोषाध्यक्ष र सात प्रदेशबाट एक–एक जना गरी ७ सचिव हुनेछन् ।

काठमाडौंमा भएको आठौं राष्ट्रिय सम्मेलन भएको ७ वर्षपछि चौतारीले महाधिवेशन गर्दैछ ।