१४ बैशाख २०८१, शुक्रबार 1714136807
Banner

आईसीसी विश्वकप क्रिकेट खेल्न सन्दीप दुबई उडे

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु खेल्न सन्दीप लामिछाने संयुक्त अरब इमिरेट्सको दुबई उडेका छन् ।उनले अब नेपाली टिममा श्याम ढकाल (मौसम) को ठाउँ लिने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

सर्वोच्च अदालतले विदेश जान अनुमति लिनुनपर्ने आदेश दिएपछि क्यानले उनलाई युएई पठाउने तयारी सुरु गरेको थियो । उनी बुधबार दिउँसो ३ बजे युएई उडेका हुन् । 

क्यानले अभ्यासका क्रममा मौसमलाई काँधमा चोट लागेको बताएको छ । नेपालले यूएई सिरिजको दोस्रो खेल बिहीबार घरेलु टोली यूएईसँग खेल्नेछ ।