१३ बैशाख २०८१, बिहीबार 1714101074
Banner

प्रदेश १ को नाम किरात लिम्बुवान सगरमाथा राख्न अर्को प्रस्ताव दर्ता


मोरङ — प्रदेश १ को प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी) र सत्तारूढ दल जनता समाजवादी पार्टीले संयुक्त रूपमा किरात–लिम्बुवान–सगरमाथा प्रदेश नामकरणका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् ।

उक्त नामकरणका लागि दर्ता गरिएको प्रस्तावमा एकीकृत समाजवादीका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई प्रस्तावक र स्वास्थ्यमन्त्री तथा जसपाकी एक्ली प्रदेश सांसद निर्मला लिम्बू र एकीकृत समाजवादीका कमलप्रसाद जबेगु समर्थक रहेका छन् ।

प्रस्तावक राईले सुरूमा माओवादी केन्द्रका नेता ईन्द्रबहादुर आङ्बोले छुट्टै प्रस्ताव दर्ता गराउने सहमति गरे पनि दर्ता गराउने बेलामा पन्छिएको आरोप लगाए ।