१३ बैशाख २०८१, बिहीबार 1714081927
Banner

कम्फर्टेबल सत्ता गठवन्धनको यात्रा अनि हात्ती, कुकुर र चमेरोको जात्रा

हिजो केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट हटाउन उग्र भएर पार्टीभित्र र बाहिर वामपन्थी आन्दोलन कमजोर बनाउन प्रस्तुत भएका माझण्डहरू आज सार्वजिनक रूपमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङदेखि महामन्त्री गगन थापासम्मले कुकुर र चमेरोको उपमा दिएर अपमानित गर्दा पनि संयमित भएर कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको कम्फर्टेबल सत्ता गठबन्धन जोगाउँदै चुनावमा मिलेर जानुपर्छ भन्दैछन्। यसले माझण्डहरूको हिजोको नियत र आजको हविगत अर्थात हैसियत चिन्ने अवसर हामीलाई दिएको मात्र छैन् उनीहरू दक्षिणपन्थी भएको प्रमाणित पनि गरेको छ।

नेपालको वामपन्थी आन्दोलन अलोकप्रिय बनाउँदै कमजोर बनाउन चाहने देशभित्र र बाहिरका दक्षिणपन्थीहरूको स्वार्थ अर्थात रणनीति ‘फुटाउ र राज गर’ पूरा गर्नेगरी माझण्डहरूले क्रियाकलाप गरिरहेका छन्। हिजो उनीहरूले ति क्रियाकलाप क्रान्तिको आवरणमा गरेका थिए भने आज लोकतन्त्रको नाममा राजनीति गर्दैछन्। त्यसैले उनीहरूको रूप अर्थात आदर्शमा एउटा देखिएका छन् भने सार अर्थात व्यवहारमा अर्कै। नेपालको मुख्य दक्षिणपन्थी पार्टी नेपाली कांग्रेसले फुटाउ र राज गर’ भन्ने दर्शनबाट निर्देशित भएर माझण्डहरूको अगुवाईमा नेकपा हुँदै नेकपा एमालेमा विभाजनमात्र ल्याएन एमालेलाई सत्ताबाट हटाएर आफूलाई सत्तामा पुर्याउन पनि सफल भएको छ।

माझण्डहरूले हिजोसम्म एमसीसीमा अमेरिकाको सामरिक स्वार्थ लुकेको छ भनेर त्यसलाई कारण बनाएर नेकपा हुँदै नेकपा एमालेमा विभाजन ल्याए अनि केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई परमादेशमार्फत प्रधानमन्त्री बनाएका थिए। तर आज तिनै माझण्डहरूले एमसीसी सम्झौतामा संसदबाट अनुमोदन गर्न “व्याख्यात्मक घोषणा” गरेर परिमार्जन गर्यौं भन्दै शेरबहादुर देउवाको नेतृत्वको कम्फर्टेबल सत्ता गठबन्धन जोगाउन सफल भएका छन्। देउवाको दौराको फेर समातेर हिंड्न खोजिरहेका माझण्डहरूलाई नेपाली कांग्रेसका नेताहरूले भने विभिन्न मञ्चहरूबाट गठबन्धन छोड्न धम्की दिइरहेका छन्।

विगतमा केपी ओलीको ख्यातिमा आफ्नो प्रगति देख्न नसकेका माझण्डहरू हिजोआज शेरबहादुर देउवाको चाकरीमा व्यस्त भएर आफ्नो अस्तित्व जोगाउन सत्ता गठबन्धनलाई चुनावी गठबन्धनमा परिणत गर्नुपर्छ भन्दैछन्। अचम्मको कुरो नेपाली कांग्रेसलाई बलियो बनाएर आफ्नो पार्टी बलियो बनाउँछौं भन्ने माझण्डहरू अझै पनि आफूलाई कम्न्युनिष्ट हुँ भनेर जनता झुक्याउँदै छन्।

माझण्डहरूले सत्ताको दुरूपयोग गरेर जति लखेट्दा पनि निर्मल भट्टराईलले भने जस्तै ‘एमाले झन सशक्त, प्रचण्ड(माधव विरक्त’ बन्ने वातावरण बन्दैछ। किनभने कार्यकर्ता र जनताको तहमा नेकपा एमालेको लोकप्रियता बढ्दो छ। भ्रम, प्रभाव र दबावमा परेर पार्टी छोडेकाहरू घर फर्किन थालेका छन् भने अन्य पार्टीबाट एमाले प्रवेस गर्नेको लहर चलेको छ। यसले माझण्डहरूलाई मात्र होइन शेरबहादुर देउवालाई पनि झस्काएको हुनुपर्छ। त्यसैले त शेरबहादुर देउवाले आफ्नो पार्टीको कार्यक्रममा “गठबन्धन दल वा विपक्षी दलहरू कसैलाई पनि गाली गरेर अभिव्यक्ति नदिन” कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।

हिजो घरमा आगो लगाएर खरानीको भाग खोज्दै छिमेकीको पालीमा ओत लाग्ने माझण्डहरू आज धर्म संकटमा मात्र परेका छैनन् कुकुर र चमेरोको उपमा पाएर अपहेलित पनि भएका छन्। तर पनि उनीहरू प्रगतिशील लोकतान्त्रिक गठबन्धन बनाएर चुनाव जानुपर्छ भनेर प्रम देउवालाई दबाव दिइरहेका छन्। त्यसैले माओवादी तथा समाजवादी कार्यकर्ताहरू माझण्ड जस्ता गलत नेतृत्वको पछि लाग्न छोड र छोड ति गलत बाटाहरू। पश्चाताप गर, फर्क घर अनि सुरू गर घर सुन्दर बनाउने यात्रा। भो अब नगर धेरै जात्रा !