७ बैशाख २०८१, शुक्रबार 1713558813
खेलकुद

प्रकाश महतलाई श्रद्धाञ्जली दिन नेकोसको नेतृत्व अर्घखाँचीमा

काठमाडौ । नेपाल खेलकुद महासंघको दोस्रो महाधिबेशनबाट निर्वाचित अध्यक्ष पर्शुराम बस्नेतको टोली दिवंंगत प्रकाश महतलाई समबेदना दिन अर्घखाँची पुग्नुभएको छ । महतको गत फागुन ७ गते बेलुका नेकोसको दोस्रो राष्ट्रिय सम्मेलनका बन्दशस्त्र हलबाट निस्कने क्रममा मोटरसाइकल दुर्घट्नामा परी निधन भएको थियो ।

नेपाल खेलकुद महासंघ अर्घखाँचीका उपसचिव तथा महाधिबेशन प्रतिनिधी स्वर्गीय महतको परिवारलाई समावेदना दिन केन्द्रीय समिति अर्घखाँची पुगेको हो । त्यससंगै, नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र पोलिटब्युरो सदस्य सुर्य थापा सहभागी हुनुभई शोक मन्तव्य व्यक्त गर्नुभयो । लुम्बिनी प्रदेशका खानेपानी तथा शहरी बिकास मन्त्री चेत नारायण आर्चय, सिदार्थ नगरपालिका उपप्रमुख उमा अधिकारी, नेकपा एमाले अर्घखाँचीका अध्यक्ष पितम्बर भुसाल लगायत अन्य नेताहरु उपस्थित भइ परिवारलाई समाबेदना व्यक्त गर्नुभयो ।

त्यसैगरी, नेकोसको नवनिर्वाचित केन्द्रीय समितिका तर्फबाट अध्यक्ष पर्शुराम बस्नेत, धरम लामा, तिर्थबहादुर खड्का, उज्वल सुबेदी, प्रनिर अधिकारी, कृष्ण देवकोटा लगायतका केन्द्रीय नेताहरुले परिवारलाई समावेदना दिदै शोक मन्तव्य व्यक्त गर्नुभएको थियो । स्वर्गीय महतको पारिवारीक भेटमा नेकपा एमाल अध्यक्ष केपी शर्मा ओलीले पठाउनुभएको समावेदनापत्र र नेकोसको समावेदनापत्र अध्यक्ष बस्नेतले संयुक्त हस्तान्तरण गर्नुभयो ।

अध्यक्ष बस्नेतले स्वर्गीय महतको नाममा अक्षयकोष निर्माण गर्ने, बालबालिकाहरुको उच्च शिक्षासम्मको अध्यायनको व्यवस्था महासंघले गर्ने बताउनुभयो । नेकोसको तर्फबाट परिवारलाई नगद रु १ लाख रुपैया सहयोग हस्तान्तरण गनुहुदै स्वर्गीय महतलाई श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।