४ बैशाख २०८१, मंगलवार 1713308730
समाचार

पहाडी क्षेत्रमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । देशका केही भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

विभागका अनुसार आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको र थोरै स्थानमा हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।