८ बैशाख २०८१, शनिबार 1713637838
समाचार

अमेरिकाका लागि नेपाली राजदूतद्धारा गोपनीयताको शपथ ग्रहण

काठमाडौं । अमेरिकाका लागि आवासीय नेपाली राजदूतमा नियुक्त प्रा. श्रीधर खत्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
सो कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।