१३ बैशाख २०८१, बिहीबार 1714046792
Banner

कांग्रेस सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

विशेष अदालतले उनलाई फनपार्कको जग्गामा मतियार ठहर गरेको हो। विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, शालिकग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले मंगलबार यस्तो फैसला सुनाएको हो।

विशेष अदालतले भ्रष्टाचारको मुद्दामा मतियारको रुपमा ठहर गर्दै सजाय भने फागुन २५ गते सुनाउने मिति तोकेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ माघ २०७५ मा गुरुङसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

मुद्दा दायर गरेकोमा ५ जनालाई सफाई, ९ जनालाई दोषी ठहर गरेको हो ।

  • बद्रीप्रसाद न्यौपाने, तत्कालीन महिला बालबालिका तथा समाज कल्याणमन्त्री तथा समाज कल्याण परिषद् अध्यक्ष (३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ बिगो मागदावी थियो)
  • प्रमोद मेहता, समाज कल्याण परिषद्‌का तत्कालीन उपाध्यक्ष (३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ बिगो मागदावी थियो)
  • कुञ्जबिहारीप्रसाद चौधरी, तत्कालीन कोषाध्यक्ष (३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ बिगो मागदावी थियो)
  • रवीन्द्रकुमार यादव, तत्कालीन सदस्य सचिव (३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ बिगो मागदावी थियो)
  • मोहनराज शर्मा, तत्कालीन सदस्य (३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ बिगो मागदावी थियो)
  • मदनकुमार लाल कर्ण तत्कालीन सदस्य (३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ बिगो मागदावी थियो)
  • टेकबहादुर गुरुङ, मेला सञ्चालक (भृकुटी मण्डप फनपार्क) (३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ बिगो मागदावी थियो)
  • रवीन्द्र गुरुङ, फनपार्क प्रमुख सञ्चालक (३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ बिगो मागदावी थियो)

सबैलाई बिगो बमोजिम जरिवाना र कैद सजाय मागदावी थियो