१२ बैशाख २०८१, बुधबार 1713983289
Banner

बंगुरको मुटु प्रत्यारोपण गरिएका अमेरिकी नागरिकको २ महिनापछि मृत्यु

बंगुरको मुटु प्रत्यारोपण गरिएका अमेरिकी नागरिकको मृत्यु भएको छ । बंगुरको मुटु प्रत्यारोपणपछि २ महिनासम्म बाँचेका ५७ वर्षीय डेभिड बेनेटको अन्तत मृत्यु भएको हो । 

न्युयोर्क टाइम्सका अनुसार गत पुसमा उनमा बंगुरको मुटु प्रत्यारोपण गरिको थियो । उनको मंगलबार युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरमा निधन भएको समाचारमा जनाइएको छ ।

उनको शरीरले बंगुरको मुटुलाई अस्वीकार गरेका कारण मृत्यु भएको हो कि अरू नै कारणले हो भन्ने प्रष्ट भइसकेको छैन।यसबारे चिकित्सकहरुले अनुसन्धान जारी राखेका छन् । 

विश्वमै पहिलो पटक बंगुरको मुटु मानिसमा प्रत्यारोपण गरिएको थियो । एजेन्सी