६ बैशाख २०८१, बिहीबार 1713472910
पालिका

एमालेको मिसन ग्रासरुट सुर्यविनायक नगरपालिका २ वडा कमिटीले थाल्यो अभियान

भक्तपुर – नेकपा एमालेले देशव्यापी रुपमा थालेको ‘मिसन ग्रासरुट’ अभियानलाई सुर्यविनायक नगरपालिका २ नम्वर वडा कमिटीले पनि आरम्भ गरेको छ। सुर्यविनायक नगरपालिका वडा नम्बर २ बालकोट पार्टी कार्यालयमा आयोजित कमिटीको विस्तारित बैठकले विभिन्न कार्ययोजना बनाउँदै अभियानको थालनी गरेको हो।

नेकपा एमालेका जिल्ला कमिटी सदस्य एवं अभियन्ता दिनेश न्यौपानेको प्रमुख आतिथ्यतामा बसेको बैठकमा जिल्ला कमिटी सदस्य हिरामाया शेर्पा, जिल्ला कमिटी सदस्य मोहन कृष्ण श्रेष्ठ, पुर्व उपमेयर जुना बस्नेत, सुर्य विनायक नगरपालिकाका नगर कमिटी अध्यक्ष रविन्द्र सापकोटा तथा नगरकमिटिका सदस्यहरु, वडा र टोलकमिटीका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

कार्यक्रममा नगर कमिटीका अध्यक्ष रविन्द्र सापकोटाले केन्द्रीय कमिटीले सञ्चालन गरेको पार्टी सुध्रिढिकरण तथा विस्तारको अभियानलाई तालिका बनाएर अघि बढाउनुपर्ने बताउनुभयो ।

बैठकले कार्यायोजना निर्माण गर्ने, जिम्मेवारि बाँडफाँट गर्ने, सवै वडामा प्रशिक्षण अभियान सञ्चालन गर्ने, पार्टि सदस्यता नविकरण र नयाँ सदस्यता विस्तार गर्ने निर्णय गरेको छ ।

त्यसैगरी चैत १ देखि ५ गते सम्म स्ववियू निर्वाचनमा केन्द्रित भएर अनेरास्ववियुका उम्मेदवारलाई जिताउन पहलकदमी लिने पनि जनाएको छ । सीता पाण्डेको अध्यक्षता सम्पन्न बैठकमा मिसन ग्रासरुट अन्र्तगत एमालेका कमिटीलाई कसरी चलायनमान बनाउने भन्ने बिषयमा केन्द्रित थियो ।