१३ बैशाख २०८१, बिहीबार 1714059103
Banner

सन्दीप लामिछानेमाथिको मुद्दामा बन्द इजलासमा बहस सुरु

काठमाडौं । सन्दीप लामिछानेमाथिको मुद्दामा सर्वोच्च अदालतको बन्द इजलासमा बहस सुरु भएको छ । सन्दीपका वकिलको माग अनुसार बन्द इजलासमा सुनुवाइ गरिएको हो ।

सन्दीपलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको फैसलाविरुद्ध सरकारले गरेको पुनरावेदन र सन्दीपले विदेश जान लगाइएको रोक हटाउन दिएको निवेदनमा एकसाथ सुनुवाइ हुने छ । सर्वोच्चका न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुडालको इजलासमा परेको मुद्दामा आजै आदेश आउने सम्भावना रहेको छ ।