१३ बैशाख २०८१, बिहीबार 1714062137
राजनीति

विदेशका कर्मचारी लेबलका व्यक्तिले उच्च तहको भेटभाट गर्दा देशको शिर झुकेको छ : सांसद देवकोटा

काठमाडौं । नेकपा एमालेका बागमती प्रदेशसभा सदस्य तथा नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष डा.दिनेशचन्द्र देवकोटाले राष्ट्रपति निर्वाचनमा कुनै दल उत्साहित वा कुनै दल निरुत्साहित हुनुपर्ने कारण नभएको बताएका छन् । उनले शनिबारको प्रदेशसभा बैठकमा आफ्नो धारण राख्दै यस्तो बताएका हुन् ।

उनले यो एउटा प्रक्रियाको विषय भएकाले कुनै पनि दल वा पार्टी उत्साहित वा निरुत्साहित हुनुपर्ने कारण नभएको उनको भनाइ छ । उनले एमाले प्रक्रियामा विश्वास गर्ने पार्टी भएकाले परिणामभन्दा प्रक्रियालाई मुख्य ठान्ने पनि उनले बताए ।

उनले नेपालमा गणतन्त्र स्थापना भइसक्दा समेत जनताका जिवनस्तर नबदलिनु दुःखद भएको बताए । भुइका मान्छे अझै माथि उठ्न नसकेको उनको भनाइ छ । अहिले देशमा आर्थिक संकट आउनुमा सरकार र जनप्रतिनिधिहरू धेरे थोर दोषी भएको भन्दै सरकारले यो सम्बन्धी गम्भीर निर्णय लिन सुझाव दिए । उनले अहिलेको संरचना पुजिँगत खर्च गर्न नसक्ने हुँदासम्म त्यसलाई परिमार्जन वा हटाउन नसकेको बताए । गरिबीको दुष्चर्कमा पुगेको उनले बताए ।

पोलिटिक डिप्लोम्यासीले देश जर्जर अवस्था रहेको उनको भनाइ छ । कुटनीति हस्तक्षेप नेपालको राजनीतिमा खुला रहेको उनको भनाइ छ । विदेशीका एउटा कर्मचारी लेबलको मानिस नेपालको उच्च तहका व्यक्तिलाई भेट्दै हिड्दा नेपाल र नेपालीको शिर निहुरीएको उनले बताए ।

विदेशी चलखेलले सत्ता बाँडफाँटको नाममा किचलो र अन्त्यहीन अस्थिरताको सुरुआत भएको उनले बताए । राष्ट्रिय हितको रक्षा र सम्वद्धर्न हुनुपर्ने उनको जोड छ ।