८ बैशाख २०८१, शनिबार 1713633907
Banner

ओलीले देखेको राष्ट्रिय राजनीतिको कुरूप दृश्य

नेकपा एमाले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री के.पी.शर्मा ओली नेपाल र नेपालीको अस्तित्व रक्षाका लागि अभेद्य किल्ला झैँ हुनुहुन्छ । उहाँले दक्षिण छिमेक मार्फत् आफूलाई शक्तिशाली भनिने राष्ट्रहरु नेपाल विरुद्ध अन्तिम जस्तो तयारीमा छन् भन्ने पहिले नै स्पष्ट अनुमान गर्नु भएको थियो । पुर्खाहरुले खुट्टी हेर्दै थाहा पाइन्छ भनेझैँ भित्ताभन्दा पर पनि संसार छ भनी देखनेहरु यस्ता दृश्य देख्छन् । प्रदेशमा ७ मन्त्रालयका ठाउँमा १५ र १८ सम्म मन्त्रालय बनाएर,संघमा ६,६ महिना सबै प्रतिनिधि सभा सदस्यहरुलाई पालैपालो मन्त्री बनाएर र महाकालीमा भारतीयका कारण मारिएका जयसिंह धामी प्रकरण, महाकालीमा एकतर्फी उच्च तटबन्ध बनाएर बाढी दार्चुलातिर फर्काएर जन र धनको अपार क्षति गराउने भारतीय नियत, महाकालीको आकासमा भारतीय सैंनिक हेलिकेप्टरले चार चक्कर लगाउँदा पनि चुइक्क नबोल्ने गठ बन्धन नामको ठगबन्धन सरकारको राष्ट्रविरोधी नियत थाहा भएकै विषय हो । यति मात्र होइन २४ लाख कोरोना खोप सरकार उल्टो हरायो भन्छ तर चोर कोहो खोज्दैन कहिले काहिँ बाठो चोरले आफैँ चोरी गर्छ चोर नै उल्टो चोरको खोजी गर्न दौडधुप गरेझैँ देउपा,दाहाल र नेपालको गठबन्धन सरकारको कालो कर्तुत छर्लङ्ग नै भएको थियो । यस्ता देश र जनता विरोधी गतिविधि अझ बढ्ने खतरा ओलीले देख्नु् भएको थियो । र ठगबन्धन विरुद्ध निकट विगतमा चुनावी तालमेल ओलीले गर्नु भएको हो । त्यो तालमेल देश र जनतालाई शीर्ष स्थानमा राखेर गरिएको थियो । तर पार्टी भित्रैका कतिपय नेताहरुले यसको मर्म नबुझेको यस लेखकको जानकारीमा छ । यो तालमेल विचार, सिद्धान्त र पार्टीगत राजनीतिभन्दा माथि उठेर गरिएको थियो । यदि यस मर्मलाई गम्भीर रुपमा धेरै जसो नेताले आफैँले बुझेर र कार्यकर्ता,बुद्धिजीवी र जनतालाई राम्ररी बुझाउन सकेको भए चुनावी परिणाम अरु सकारात्मक हुन्थ्यो । घैँटामा घाम लाग्ने गरी बुझाउने क्षमताका अभावमा नेता नै अलमल्ल परेको यस लेखकलाई थाहा छ ।

अब झन् देश र जनताको दुर्गति हुने देखिन्छ । देशको स्वतन्त्र र स्वाधीन अस्तित्व माथि परोक्ष र प्रत्यक्ष रुपमा हुनेछ । देश चरम अस्थिरताको दलदलमा पर्ने निश्चित जस्तै छ । त्यसैले एमालेको नेर्तत्व र अगुवाइमा सबै देशभक्त लोकतान्त्रिक शक्तिहरुलाई एकताबद्ध गर्नु जरुरी देखिन्छ । यसरी देश जनता विरोधी तत्वहरुलाई एक्ल्याउन र निस्तेज बनाउन जरुरी छ ।

पार्टी स्थायी र केन्द्रीय सदस्यहरुले नै चुनावी घात र अन्तर्घात नगरेको भए कम्तीमा प्रतिनिधि साभामा नै कम्तीमा दस सदस्य हार्ने नै थिएनन् । प्रतिकूतालाई अनुकुलतामा बदल्ने प्रयत्न पूर्व माले र एमाले पार्टीले हरेक प्रतिकूलतालाई अनुकूलतामा बदलेको छ र प्रयत्न गरेको छ । कम्युनिस्टहरु विश्वबाट भाग्दै गरेको अवस्थामा जननेता मदन भण्डारीका प्रभाव र पहलमा नेपालमा कम्युनिस्टको झण्डा फहराएको हो । यसैको राप,ताप र प्रतापबाट नौमहिने उदाहरणीय र अनुकरणीय सरकार बन्न सकेको हो । तर एमालेको माकुने काल सभामुख देवराज घिमिरेका अनुसार इमान्दार नेता र कार्यकर्ताका लागि कसाइ प्रवृत्तिको रह्यो । फलतः भण्डारीले प्रतिभाको फूलबारी बनाउन खोजेको पार्टी काँडाघारीमा हुनथाल्यो र भयो । उनै नेपालको नेतृत्व रहेको भए यो पार्टी समाप्त प्राय हुने थियो तर ओली नेतृत्वबाट पार्टीको अस्तित्व सबल,सक्षम र सुदृढ हुन सकेको हो तर माकुने कालको प्रवृत्ति अहिले पनि कताकतै पार्टीमा रहेको यस लेखकको सुस्पष्ट ठहर छ । प्राप्त अवसरलाई भरपूर सदुपयो गर्ने महानतम क्षमताका कारण ओली प्रधानमन्त्रीत्वको सरकार नेपालकै इतिहासमा सर्वाधिक सफल र उदाहरणीय तथा बहुआयामिक हुन सकेको हो । ओलीका अनुसार पशुजत्तिको पनि गुन र इमान नभएका कालाकोटे, कालीपोके,तथा लेन्डुप प्रवृत्तिका कथित मानव देशको सर्वाङ्गीण प्रगति भएको फुटेका आँखाले पनि देख्दैनन् । ओलीले यति हजार र लाखका जुत्ता लगाए भनी अखबार रङ्ग्याउने र गोजी भर्ने किशोर नेपाल, परमादेशी सरकार बनाउन ज्यान फालेर लाग्ने संविधानकै मर्म विरोधी प्रा.डा. युवराज संग्रौला निर्मला हत्या प्रकरणमा सडक जुलुस गर्ने प्रर्व प्रधानन्यायाधीश सुशीला कार्की राष्ट्रपति प्रकरणमा भारतीय खुल्ला हस्तक्षेप हुँदा एक शब्द बोल्नैनन् किन ? नबोल्ने दुई कुरा हुन्छन् एक हण्डी खाएपछि अर्को चरणको ल.दास भए पछि । आफैँलाई महाभियोगको कलंकबाट बचाउने कै विरुद्ध अत्यन्त निकृष्ट बैगुनी भद्दा रुपमा देखिनु लज्जाजनक दृश्य हो । एक भारतीयले नेपालका राष्ट्रपति हुन योग्य भनेर नामै उल्लेख गरिदिए । भारतीय स्वार्थका लागि मरिहत्ते गर्ने कति बुद्धिजीवी लेखक विश्लेषक र राजनीतिक होलान्, अचम्मै भयो ।

एमालेका ह्रस्व बुद्धिजीवी
एमालेमा चाहिँ सबै ह्रस्व बुद्धिजीवी छन् भन्ने त होइन तर एक प्रसंगमा मैले नै बुद्धिजीवी परिषद्को जिल्ला भेलामा बुद्धिजीवीलाई ह्रस्व,दीर्घ र प्लुत्त भनेर वर्गीकरण गरेको थिएँ । सत्य कुरा भन्दा पनि मानिस रिसाउँछन् । इटहरीका एक बुद्धिजीवी मसित रिसाए मैले तपाईकौ नाम त भनिनँ अनि किन रिसाउनु भयो भन्दा तिनी कालानिला भए । एक युवा बुद्धिजीवीलाई बौद्धिक प्राज्ञिक र साहित्यिक कार्यक्रममा बोलाउँदा पनि पटक्क नआएर बतासे कार्यक्रममा रमाएको थाहा पाएँ अनि उनलाई एकान्तमा मैले तपाईंले दुई छाक खानकै लागि उच्च अध्ययन किन गर्नु भयो उच्च डिग्री किन हासिल गर्नु भयो यति दुःख किन गर्नु भयो ? पेटपालो गर्न त हजार सरल र सजिला बाटाहरु छन् भन्दै पान पसल,चियापसल जिरामरिच दोकान आदि उदाहरण दिएँ तर रिसाउन चाहिँ नरिसाउनुस् पनि भनेको थिएँ । एउटा विज्ञ ,बुद्धिजीवीले हिमाल र पहाड बोक्नु पर्दैन । कम्तीमा देश र विदेश विभिन्न विषय र क्षेत्रका वास्तविक सूचना र ज्ञान ग्रहण गरेर सत्य तथ्य समाजमा प्रवाह गरे देश र जनताको ठूलो सेवा नै हुन्थ्यो तर उच्च डिग्री हासिल गरेका प्रा.डा. भएका सहप्रा भएका र क्याम्पस प्रमुख भएका व्यक्तिहरु आफूलाई एमाले र प्रगतिशील पनि भन्छन् तर फेस बुक लगायत सामाजिक सञ्जालमा एक थोपो चेतनामूलक र जागरणमूलक विचार चिन्तन र चरित्र प्रवाह गर्दैनन् । तिनले आफ्नै र आफ्नीसित गाला जोडेर बसेको फोटो मात्र प्रवाह गरिरहन्छन् । सय थुकी नदी गरे देशमा मडराई रहेका राजनीतिक,सामाजिक सांस्कृतिक विकृति हटाउन नसकिने होइन तर मैदान नै खाली गरिदिएपछि नागाहरु नाच्ने नै भए । ओलीले नै भनेझैँ बाह्य हस्तक्षेपका विरुद्ध लड्नु पर्दैन अड्दा मात्र हुन्छ । तर यस्तो मति बुद्धिजीवीमा कहिले पलाउला ?

देशभक्त लोकतान्त्रिक संयुक्त मोर्चा जरुरी
ओलीले नै भनेझैँ साथीको बात नसहने तर शत्रुको लत सहने बानी परेको कम्युनिस्टका खोलहरु नै नेपालको अग्रगमनको समस्या हुन थालेको देखिन्छ । तथापि माओवादी र एकीकृत समाजवादी भित्र सबै यस मति र गतिका छन् भन्न सकिन्न । अझै पनि मुकुन्द न्यौपाने,केदार न्यौपाने जस्ता पात्रहरु छन् । तिनले जीवनको अन्त्यमा आफ्नै अनुहार कालोले नपोत्लान् । माओवादी भित्र पनि सबै बेइमान नहोलान् ? देश र जनताका विरुद्ध तिनीहरु जीवनको यो उत्तरार्धमा सामान्य विवेक विहीन नहोलान् तर नियात्राकार भनेर यस लेखकले चिनेका दीनानाथ शर्मा भने लेखनको ठीक विपरीतका पात्र र प्रवृत्तिका रहेछन् । उनको लेखन केवल ढोँङ रहेछ । शर्माले प्रचण्ड नेतृत्व उपर गरेको यति नग्न चाकर निर्लिप्त र लम्पसार प्रवृत्ति देख्नेलाई नै सरम लाग्दो भयो । अब विगतको ठग बन्धन नयाँ राष्ट्रपति बनाउँदा बौराउने काम नेपाली प्यादाहरु मार्फत् भइरहेको छ । अब झन् देश र जनताको दुर्गति हुने देखिन्छ । देशको स्वतन्त्र र स्वाधीन अस्तित्व माथि परोक्ष र प्रत्यक्ष रुपमा हुनेछ । देश चरम अस्थिरताको दलदलमा पर्ने निश्चित जस्तै छ । त्यसैले एमालेको नेर्तत्व र अगुवाइमा सबै देशभक्त लोकतान्त्रिक शक्तिहरुलाई एकताबद्ध गर्नु जरुरी देखिन्छ । यसरी देश जनता विरोधी तत्वहरुलाई एक्ल्याउन र निस्तेज बनाउन जरुरी छ ।

करोड जनताको जनअदालत अपरिहार्य
यस थुकी नदी भनेझैँ अब ओलीले केही समय अघि भनेझैँ १०,२० र ५० को होइन तीन करोड जनताको जन अदालत गठन गर्नु अपरिहार्य रहेको देखिन्छ । यसको तयारी सुरु गर्नु पर्छ । जनता एक भए भनेँ देशघातीहरुलाई तह लगाउन सकिन्छ । जनता सर्वशक्तिमान र सर्वोपरि हुन्छन् । जनता जागेपछि जनताका शत्रुहरु भागाभाग हुन्छन् । पुरानै गठबन्धन फेरि पनि कायम गर्नुका पछाडि देश र जनताको हितमा कदापि होइन र हुन सक्रैन । भारतीय आदेश सिरोपर गर्ने राष्ट्रपति बन्नु नेपाल र नेपालीको हितमा कहिल्यै हुनेछैन ।

देशभक्तको विरोध गरेर देश भक्ति हुँदैन । ओलीको नेतृत्वकै राप, ताप र प्रतापबाट देश अहिले सम्म स्थिर रहन सकेको हो । नत्र भातीय मार्फत् बाह्य शक्तिको चाहना २०७३ मा नै नेपाललाई रसातलमा पु¥याउने खोटी नियत थियो । किनकि हरेक दस वर्षमा नेपाललाई ओरालो र भिरालो तिर हुँदै भड्खालोमा हाल्ने कुनियत थियो । भारतीय राजदूत रन्जित रे ले नै नेपालबाट बिदाइ हुने बेलामा भारतले भनेको नेपालले नमान्ने हो भने नेपाल असफल राष्ट्र हुने उद्घोष गरेका थिए । यस विषयमा कान्तिपुर पत्रिकाका प्रधान सम्पादक सुधीर शर्माले एक लेख नै लेखेका थिए तर उनी यस खालको सम्भावित कुरुप दृश्य देखेर पनि चुपचाप रहेकाछन् । देश खाल्टामा जाकिन खोज्दा पनि प्रबुद्ध नागरिक किन मौन ?

देश र जनता विरुद्ध प्रचण्डको अन्तिम जालझेल
पुष्पकमल दाहाल उर्फ प्रचण्डको आम डुलमुले चरम अस्थिर तथा देश र जनता विरोधी चरित्र ओलीलाई थाहा नभएको पनि होइन तर पनि एक मौका दिएको हो । गुहुपुछेको टालो पनि काम लाग्छ भनेर त्यसलाई जोगाउनु भन्थे पुर्खाहरु तर व्यवहारबाट आम जनताले राम्ररी थाहा पाउने गरी प्रचण्डको दुष्चरित्र उजागर हुनु भविष्यका लागि राम्रै हुन्छ र हो पनि । एमालेले अझै पनि हिम्मत हार्न हुँदैन आधा आकास र आधा धर्तीलाई प्रभावित पार्ने नाम राष्ट्रपतिमा सिफारिस गर्नुपर्छ र बहुआयामिक लविङ थालिहाल्नु पर्छ । आशै मार्नु हुन्न ।