१३ बैशाख २०८१, बिहीबार 1714064906
Banner

राप्रपाका मन्त्रीहरूद्वारा राजीनामा

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले राजीनामा दिएका छन्।

आज दिउँसो बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राप्रपाका तर्फबाट बनेका चार मन्त्रीले राजीनामा बुझाएका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र उर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले मन्त्री पदबाट राजीनामा बुझाएका हुन्।