११ बैशाख २०८१, मंगलवार 1713886329
Banner

तेह्रथुमको चुहानडाँडामा आगलागी २ बालकको मृत्यु, १४ घाईते

पाँचथर — आगलागीमा परेर पाँचथरको हिलिहाङ गाउँपालिका ७ भारपामा २ जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शरण पन्थाकका ५ वर्षीय छोरा सेसेहाङ पन्थाक र सन्तोष खातीका ४ वर्षीय छोरा निशान खाती छन् ।

हिलिहाङ ७ यवाडाँडाका प्रेम पन्थाकको घरमा शुक्रबार दिँउसो २ बजे भएको आगलागीमा उनीहरुको ज्यान गएको हो । मृत्यु भएका खाती सोही घरमा बस्दै आएका थिए । छिमेकी शरण पन्थाकका छोरा सेसेहाङ उनीसँग खेल्ने क्रममा आगलागीमा परी मृत्यु भएको हो ।

आगलागीबाट १४ घर जलेर नष्ट भएको आठराई गाउँपालिकाका अध्यक्षले बताए ।