१४ बैशाख २०८१, शुक्रबार 1714113074
Banner

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच निर्णायक वार्ता सुरु भएको छ।

प्रधानमन्त्रीलाई भेट्न अध्यक्ष ओली केहीबेरअघि बालुवाटार पुग्नुभएको हो ।

पुरानो पाच दलिय गठबन्धन ब्यूँताउने तयारी भइरहेको बेला सत्ता गठबन्धनका प्रमुख घटक एमाले-माओवादीका दुई शीर्ष नेता ‘निर्णायक’ छलफलमा जुटनु भएको हो । भेटमा राष्ट्रपति चयनका बारेमा कुराकानी हुँदै छ । यसअघि बालुवाटारमा बसेको कांग्रेस, माओवादीसहित ४ दलको बैठकले चुनावअघिको गठबन्धन ब्यूँताउने सहमति गरेको थियो । तर, एमालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा पुस १० गते गरेको सहमति कार्यान्वयन हुनुपर्ने बताउँदै आइरहेको छ।