१३ बैशाख २०८१, बिहीबार 1714081025
समाचार

हिरण्यलाल श्रेष्ठद्धारा लिखित ‘नेपाल बंगलादेश बृद्धिष्ट सम्बन्ध’ बिमोचन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जन्मदिन पारेर लेखक हिरण्यलाल श्रेष्ठद्धारा लिखित ‘नेपाल बंगलादेश बृद्धिष्ट सम्बन्ध’ पुस्तक बिमोचन भएको छ ।

एमाले अध्यक्ष ओली निवास बालकोटमा आज नेपाल अफ्रो एशियाली जनएकता संगठनद्धारा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले उक्त पुस्तकको बिमोचन गर्नुभएको हो । पुस्तकको बिमोचन गदै अध्यक्ष ओलीले गौतमबुद्धको जन्म स्थल र नेपालका बारेमा विश्वलाई जानकारी गराउन लेखकले गर्नुभएको मेहनतको प्रसंसा गर्नुभयो । पुस्तकका माध्यमबाट विश्वलाई विविध जानकारी गराउनुभएकोमा लेखकलाई धन्यवाद दिन चाहन्छु उहाँले भन्नुभयो । कार्यक्रममा लेखक हिरष्यलाल श्रेष्ठले नेपाल बंगलादेश सम्बन्ध बिस्तार र बौद्ध धर्मले बिभिन्न राष्ट्रमा खेलेको भूमिकाका बारेमा व्याख्या गर्नुभएको थियो । यसअघि उहाँले रुस, म्यानमार, श्रीलंका, थाइल्याण्ड, भुटानसँगको सम्बन्ध र बौद्ध धर्मका बारेमा पुस्तक लेखिसक्नुभएको छ ।

कार्यक्रममा अफ्रो नेपाल एशियाली जन एकता संगठनका अध्यक्ष एवं पुर्व मन्त्री कृपासुर शेर्पाले विश्व शान्ति र मानव मुक्तिका लागि बुद्धका सन्देश महत्वपुर्ण भएको बताउनुभयो ।

मानव जीवनको महत्व र सतमार्गमा हिडन हिरण्यलाल श्रेष्ठको पुस्तकले भुमिका खेल्ने बिश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा भिक्षु, लामा, गुरुमा, धर्मगुरु नेता कार्यकर्ताको उल्लेख्य सहभागिता भएको थियो । उक्त अवसरमा समाजसेवी राधिका शाक्यले २४ जना धर्म गुरुहरुलाई भिक्षा दानपनि गर्नुभएको थियो ।