८ बैशाख २०८१, शनिबार 1713608845
राजनीति

बुढानिलकण्ठमा बृहत् खानेपानी आयोजनाको शिलान्यास

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नं ६ मा बृहत् खानेपानी आयोजनाको शिलान्यास गरिएको छ। बुढानिलकण्ठ–६ च्यासुन्डोलमा बुढानिलकण्ठ बृहत् खानेपानी आयोजनाको ओभर हेड ट्याङ्कीको बुढानिलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारीले शिलान्यास गरेका हुन् ।

सो शिलान्यास कार्यक्रममा बागमती प्रदेशका पुर्वप्रदेससभा सदस्य दिपक निरौला र भिमसेन खत्री बुढानिलकण्ठ नगरपालिकाका प्रवक्ता तथा वडा न १० का वडाध्यक्ष नवराज भट्टराई , वडा नं १ का वडाध्यक्ष सुरेन्द्र लामाज्यु, वडा नं २ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठ , वडा न ३ का अध्यक्ष आकश धिताल , वडा नं ७ का वडाध्यक्ष बसनारायण महर्जन र वडा नं १२ का अध्यक्ष शम्भु भट्टराई, वडा नं ६ का पुर्ववडाध्यक्ष नवीन के सि ज्यु ,पुर्वगाबिस अध्यक्ष श्याम बहादुर खड्का लगायतको उपस्थिति रहेको थियो।