१३ बैशाख २०८१, बिहीबार 1714043768
Banner

रुसविरुद्ध जङ्गल, मैदान र समुद्री किनारामा समेत लड्न तयार छौँ : राष्ट्रपति जेलेन्स्की 

किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले रुस विरुद्धको लडाइ नछोड्ने बताउनुभएको छ । 

बेलायतको संसद् हाउस अफ कमन्सलाई सम्बोधन गर्दै जेलेन्स्कीले युद्ध अन्त्य नहुने बेलासम्म युक्रेन रुसविरुद्ध लडिरहने प्रतिबद्धता जनाउनुभयो । “हामीले आत्मसमर्पण गर्दैनौँ । हाम्रो भूमिका लागि निरन्तर लडिरहनेछौँ” भिडियो सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले भन्नुभयो।

रुस विरुद्धको लडाइमा आफूहरू जङ्गल, मैदान, समुद्री किनार र सडकबाट समेत लड्न तयार रहेको उहाँले बताउनुभयो । जेलेन्स्कीले सम्बोधन गर्नुअघि बेलायतले सन् २०२२ को अन्त्यसम्म रुसी तेलको आयात नगर्ने बताएको थियो ।