१३ बैशाख २०८१, बिहीबार 1714080711
Banner

कन्चटमा गोली लागेको अवस्थामा मृत भेटिए प्रहरी जवान

सर्खेत । सुर्खेतमा एक जना प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला परेका छन् । कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी जवान कवीन्द्र विक कन्चटमा गोली लागेको अवस्थामा मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतकी इन्सपेक्टर झरना सोनारका अनुसार विक आफैंले बोकेको एसएलआरको गोली दायाँ कन्चटमा लागेको छ । उनका अनुसार घटना आज बिहान २ः५६ बजे तिरको हो ।

बिहीबार बिहान २ः५६ को समयमा ड्युटी बसिरहेको समयमा प्रहरी जवानले एसएलआरबाट दाहिने साईडको कन्चटमा गोली हानी आत्माहत्या गरेको हाे ।

दार्चुलाको अपी नगरपालिका-६ घर भएका २६ वर्षीय कबिन्द्र बिकले आफ्नै कन्चटमा एसएलआर गोली हानी आत्माहत्या गरेकाे कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

उनकाे दरबन्दी कालिकोटको प्रहरी चौकी सुकाटियामारहेको थियो । तर उनी कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत रहेका थिए ।

घटनाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक मिलन पाण्डेको कमाण्डमा ८ जनाको प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ ।