६ बैशाख २०८१, बिहीबार 1713446052
Banner

राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावलीमा समावेश नाममा उजुरी दिन सकिने

काठमाडौं । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिमाथि आज उजुरी दिन सकिने छ । भोलि अन्तिम नामावली प्रकाशन हुनेछ ।

निर्वाचन कार्यतालिका अनुसार १३ गते उम्मेदवारी दर्ता हुनेछ । राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मतदानस्थल तोकिएको छ । मतदानका लागि दुई वटा मतदान केन्द्र रहने छन् ।

एउटा मतदान केन्द्रमा संघीय सांसद र अर्कोमा प्रदेशसभाका सदस्यले मतदान गर्नेछन् । अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ गरी सोही दिन ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी रहेको निर्वाचन आयोगको निर्वाचन शाखाका ऋषिराम भुसालले जानकारी दिए । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा ८८१ मतदाता छन् ।