७ बैशाख २०८१, शुक्रबार 1713548376
अर्थ

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम संचालन

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालिम संचालन गरेको छ । २०७९ साल, फाल्गुण १ देखी ९ गते सम्म कम्पनीको प्रधान कार्यलय थापाथलीमा कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीहरुका लागि सो तालिम आयोजना गरिएको थियो र काठमाडौं उपत्यका बहिरका स्थानहरु बर्दिबास, मिर्चैया, गाईघाट, बिराटनगर, धरान, इनरुवा, बिराटचोक, बिर्तामोड लगायतका विभिन्न स्थानमा कम्पनीसँग आवद्ध अभिकर्ता एवम सम्पुर्ण कर्मचारिहरुको सहभागितामा सो तालिम कार्यक्रम संचालन गरिएकोे थियो ।

कम्पनीको व्यवस्थापन समुह समेतको उपस्थिती रही कम्पनीका सम्पुर्ण कर्मचारिहरुलाई दिइएको तालिम कम्पनीका कानुन, अनुपालन तथा जोखिम व्यवस्थापन अधिकृत श्री बिदुर बहादुर भुजेल ज्यूले प्रस्तुत गर्नुभएको थियो । उक्त तालिममा गैर कानुनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमाको माध्यमबाट सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यसका प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने आदि विषयमा विस्तृत जानकारी दिुइएको थियो ।

साथै काठमाडौं उपत्यका बाहिरका स्थानहरुमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री पोषक राज पौडेल स्व्यमले नै प्रस्तुत गर्नुभएको थियो । उहाँले यसको महत्व र प्रभावका साथै यसलाई कार्यन्वयन गर्न हरेक कर्मचारीले गर्नुपर्ने कामको बारेमा जानकारी दिनुभयो । साथै यस प्रकारको कार्यक्रम देशभरी क्रमशः विस्तार गरिने समेत बताउनु भयो ।