१३ बैशाख २०८१, बिहीबार 1714030170
Banner

एक रुपैयाँको सिक्का आजदेखि फेरी प्रचलनमा ल्याइदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि एक रुपैयाँको सिक्का प्रचलनमा ल्याउने भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले पुरानै आकार तथा सुनौलो रङमा टकमरी गरिएको २०७७ साल लेखिएको एक रुपैयाँको सिक्का आजदेखि बजारमा ल्याउने भएको हो ।

सिक्काको वृत्ताकार घेराभित्र चौसट्टी वटा थोप्लाहरु रहने जनाइएको छ । सिक्काको माथिल्लो भागमा अंग्रेजीमा रि वान र तल्लो भागमा देवनागरीलिपिमा १ रुपैयाँ लेखिएको हुनेछ ।

यसैगरी, नेपालको नक्सा दायाँतर्फ फरक क्षमता भएकाहरुले स्पर्श गरी सिक्काको दर पहिचान गर्नका लागि मोटो थोप्लो रहनेछ । सिक्काको पृष्ठ भागमा वर्गाकार आकृतिलाई वरिपरि चन्द्र,सुर्य,चक्र, संख, पद्य,गदा तथा बिचमा सगरमाथाको आकृति र सो आकृतिको मुनी अंग्रेजीमा सगरमाथा नेपाल लेखिएको हुनेछ ।

यस्तो हुन्छ सिक्का