५ जेष्ठ २०८१, शनिबार 1716080213
Banner

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच बालुवाटारमा छलफल जारी  

काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा दुई जनाबीचमा छलफल जारी रहेको हो ।

उहाँहरुबीच राष्ट्रपतिका विषयमा छलफल भइरहेको जनाइएको छ । गठबन्धनमा राष्ट्रपतिमा सहमति नजुटिरहेका बेला भएको यो भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ । 

अध्यक्ष अ‍ोलीले पूर्व सहमति अनुसार एमालेले राष्ट्रपति पाउनुपर्ने भन्दै आउनुभएको छ भने   प्रधानमन्त्री प्रचण्ड सहमतिको आधारमा राष्ट्रपति चयन गर्नुपर्ने बताउँदै हुनुहुन्छ ।