१३ बैशाख २०८१, बिहीबार 1714088775
कला/साहित्य

पल शाहलाई थप अनुसन्धानका लागि तनहुँबाट नवलपुर लगियो

काठमाडौं – एकजना नाबालिक गायिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेका अभिनेता पल शाहलाई थप अनुसन्धानका लागि तनहुँबाट नवलपुरको गैँडाकोट लगिएको छ।

शाहलाई अनुसन्धानका लागि तनहुँबाट नवलपुरको गैँडाकोट ल्याएर आवश्यक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार नवलपुरस्थित गैंडाकोट रिर्सोटमा पनि नाबालिका गायिकाले आफूलाई जवरजस्ती करणी गरिएको भन्दै जाहेरी दिएको थियो । पहिलो घटना त्यहीँ भएको भन्दै इलाका प्रहरी कार्यालय गैंडाकोटमा पनि पीडितका आफन्तले जाहेरी दिएपछि पललाई तनहुँबाट नवलपुर लगेर अनुसन्धान थालिएको हो।

शाहलाई जिल्ला अदालत तनहुँबाट दोस्रो पटक १२ दिन म्याद थपेर अनुसन्धान गर्न प्रहरीले अनुमति लिइसकेको छ। यो प्रकरणमा नवलपुर र तनहुँमा जाहेरी परेकाले दुवै जिल्लाका प्रहरीले अनुसन्धान अघि बढाएका छन्।