१३ बैशाख २०८१, बिहीबार 1714048461
राजनीति

राष्ट्रपति निर्वाचनमा चलखेल भए देश दुर्घटनामा जान्छ : देवकोटा

काठमाडौं । नेकपा एमाले निकट बुद्धिजीवी परिषद्का अध्यक्ष तथा बागमती प्रदेशसभा सदस्य डा.दिनेशचन्द्र देवकोटाले राष्ट्रपति निर्वाचनमा चलखेल भए देश दुर्घटनामा जाने बताएका छन् । उनले राष्ट्रपतिको निर्वाचन सरकार गठन हुँदा भएको सहमति अनुसार हुनुपर्ने बताए ।
बुद्धिजीवी परिषद्को सचिवाल बैठकलाई सम्बोधन गर्ने क्रममा उनले सरकार गठनको सहमति विपरित राष्ट्रपतिको विषयमा चलखेल हुन थालेको बताए । राष्ट्रपति सहमति अनुसार नै हुनुपर्ने उनलेको भनाई छ ।
अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार गठन हुँदाका सहमति विपरित राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका छन् । उनले एमाले र कांग्रेस दुबै पार्टीसँग यस विषयमा फरक–फरक छलफल गर्दै आएका छन् ।
सांसद देवकोटाले परिषद्ले पार्टीले सुरु गरेको ग्रासरुढ अभियानलाई सहयोग गर्न परिषद्का सदस्यहरूलाई निर्देशन दिएका छन् ।