१२ बैशाख २०८१, बुधबार 1713977229
खेलकुद

नामिबियाले नेपाललाई दियो २७५ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत भइरहेको खेलमा नामिबियाले नेपाललाई २७५ रनको लक्ष्य दिएको छ।

जान ग्रीनले अविजित ७५ रन बनाएपछि पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभर खेल्दै ६ विकेट गुमाएर २७४ रन बनाएको हो।

ग्रीनले ६३ बल खेल्दै ११ चौका र १ छक्का प्रहार गरे। १३८ रनमा ५ विकेट गुमाएको नामिबियाका लागि जान ग्रीन र पिक्की या फ्रान्सले ९४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए।

ग्रीनले अन्तिम ११ बलमा रुबेन ट्रम्पलमेसँग अविजित ४४ रनको साझेदारी गरे। नामिबियाले अन्तिम १० ओभरमा ११५ रन जोडेको थियो।

४९औं ओभरमा सोमपाल कामीले नन पिक्की या फ्रान्सलाई रनआउट गर्दै यो साझेदारी तोडेका थिए। यस्तै नन स्ट्राइकर एन्डमा रहेका फ्रान्स अर्धशतक बनाउनबाट समेच एक रनले चुके।

सातौं नम्बरमा ब्याटिङ गरेका फ्रान्सले ३९ बल खेल्दै ४ चौका र ३ छक्का मद्दतमा ४९ रन बनाए ।