१४ बैशाख २०८१, शुक्रबार 1714142731
Banner

पाशुपतक्षेत्रमा गाँजा सेवन र बेचबिखन गर्न रोक

काठमाडौँ । शनिवार परेको महाशिवरात्रिको अवसरमा पशुपतिनाथ क्षेत्रमा गाँजा बेचबिखन र सेवनमा प्रहरीले रोक लगाएको छ । गाँजा सेवन गरेको भेटेमा वा पाइएका प्रहरीले कारबाही गर्ने प्रहरीले बताएको छ ।

शिवरात्रिमा लागूपदार्थ सेवन गर्ने युवायुवती, पाकेटमारा र चोरी मुख्य सुरक्षा चुनौती हुने प्रहरीको विश्लेषण छ। सो सुरक्षा चुनौतीलाई निस्तेज पार्ने गरी योजना बनाएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले एसपी सीताराम रिजालको नेतृत्वमा ३५ सय प्रहरी परिचालन गरेको छ ।
सुरक्षा योजना अनुसार शुक्रबार साँझदेखि नै प्रहरी परिचालन गरिएको छ । ‘मन्दिर परिसरको कमान्ड सेन्टरमा शुक्रबारबाटै प्रहरी परिचालित छन् । थ्रेट एनालाइसिस गरेर काठमाडौँ प्रहरीले ३ सिफ्टमा प्रहरी परिचालन गरेको छ । उपत्यका प्रहरी कार्यालयबाट शिवरात्रिको सुरक्षामा सादा पोसाकमा प्रहरी खटिनेछन् ।

‘गाँजा बेचेको र सेवन गरेको भेटमा कारबाही गर्छौ’ एसपी रिजालले भने, ‘गाँजा तान्न पाइन्छ भन्ने मान्यता छ, त्यसलाई निस्तेज गर्न ९ वटा सबकमाण्ड बनाएका छौँ ।’ शिवरात्रिको सुरक्षाको लागि १५ जनाको दरले ८ वटा ‘रिजर्भ’ फौज तयारी अवस्थामा राखिने सुरक्षा योजनामा उल्लेख गरिएको छ । मन्दिरमा लाइन व्यवस्थापन, चोरी नियन्त्रण, गाँजा नियन्त्रण र हुलदङ्गा नियन्त्रणमा प्रहरीको मुख्य भूमिका हुने गर्छ ।