४ बैशाख २०८१, मंगलवार 1713329070
पालिका

सुर्यविनायक नगरपालिकाले कृषीमा आधारित उद्यमशिलतालाई प्राथमिकता दिने

भक्तपुर- सुर्यविनायक नगरपालिकामा कृषीमा आधारित उद्यमशिलतालाई प्राथमिकता दिइने भएको छ ।

यस कार्यक्रम अन्तरगत तरकारी खेति, फुलखेति , पशुपालन र मल ऊत्पादक किसानहरूलाई उद्यमशीलता सीपलाई बलियो बनाउन क्षमता अभिवृद्धि तालिम दिइने नगरपालिकाका उपप्रमुख सरिता तिम्सिना भट्टराईले जानकारी दिनुभयो । नगरपाकिलाका तर्फबाट प्रमुख बासुदेव थापा,उपप्रमुख तिम्सिना र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कंडेल र ट्रान्स हिमालयन इन्भायरमेन्ट एन्ड लिभलिहुड प्रोग्राम टी हेल्पबाट आनन्द शोभा ताम्राकार , हिमा श्रेष्ठ सहितको सहभागितामा आईडीआई र टि हेल्पको टोलिले सूर्यविनायक नगरपालिकासँग कृषिमा आधारित उद्यमशीलताको क्षमता अभिवृद्धि तालिमका लागि सम्भmौता पत्रमा हस्ताक्षर गरेको तिम्सिनाले जानकारी दिनुभयो ।

६ महिनासम्म सञ्चालन हुने यो कार्यक्रममा किसानहरुलाई तरकारी खेती,पशुपालन लगायतका विषयमा तालिम दिइनेछ ।
ऊक्त हस्ताक्षर कार्यक्रममा वडा नं ७ का अध्यक्ष नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटा , वडा नं ८ का अध्यक्ष आर्थिक विकास समितिका संयोजक पुष्प वस्नेत वडा नं ४ का अध्यक्ष लछुराम न्यौपाने र कृषि तथा पशुपालन शाखाका कर्मचारीहरुको समेत ऊपस्थिति रहेको थियो ।

यो कार्यक्रमबाट नगरपालिकाका किसानले थोरै जमिनबाट धेरै उत्पादन गर्न सक्ने अपेक्षा गरिएको छ ।