१३ बैशाख २०८१, बिहीबार 1714098551
Banner

एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री दाहाल बालकोटमा

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री प्रचण्ड एमाले अध्यक्ष ओलीलाई भेट्न उहाँकै निवास बालकोट पुग्नुभएको हो ।

राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै राष्ट्रपतिमा कसलाई अघि सार्ने भन्नेबारे प्रचण्ड र ओलीबीच सझदारी भइसकेको छैन। यसबारे छलफल गर्न प्रचण्ड बालकोट पुग्नुभएको हो । यसअघि प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच बिहीबार पनि भेटवार्ता भएको थियो ।