१४ बैशाख २०८१, शुक्रबार 1714142135
राजनीति

उपत्यका मेयर फोरमका पूर्वपदाधिकारीले दिए स्वास्थ्य मन्त्री श्रेष्ठलाई बधाई

काठमाडौं । काठमाडौं उपत्यका मेयर फोरमले बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेठलाई बधाई ज्ञापन गरेको छ । उपत्यका मेयर फोरमको पूर्वपदाधिकारीहरूले एक कार्यक्रम आयोजना गरी मन्त्री श्रेष्ठलाई बधाई ज्ञापन गरेका हुन् ।

मेयर फोरमका अध्यक्ष तथा काठमाडौं महानगरपालिका पुर्वमेयर विद्यासुन्दर शाक्य थिए । उनकै अध्यक्षतामा बधाई कार्यक्रम आयोजना गरिएको हो । फोरमका सचिव मध्यपुर नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठ थिए । फोरममा काठमाडौं उपत्यकाका ३ जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका नगरपालिका आवद्ध छन् ।

काठमाडौं उपत्यकाभित्रको समस्यमा समधान गर्न संयुक्त प्रयास गर्न स्थानीय तहहरूको एक रूपताका लागि काठमाडौं महानगरको अध्यक्षतामा उक्त फोरम गठन भएको हो । सुरुआती समयमा उपत्यकाको समस्या समाधान गर्न राम्रो पहल लिएको फोरम गत मंसिरको स्थानीय तहको निर्वाचन पछि भने निष्क्रिय छ ।

काठमाडौं उपत्यकाको समस्या समाधान गर्न गठन भएको यो फोरम काठमाडौं महानगरमा नयाँ मेयर आएसँगै निष्क्रिय भएको हो । ठुलो र पहिलो महानगर भएको हैसियतमा पनि काठमाडौं उपत्यकाको समस्या समाधान गर्न प्रमुख पहल काठमाडौं महानगरले गर्नुपर्छ । त्यसकारण पनि फोरमको नेतृत्व पूर्वमेयर शाक्यले गरेका थिए ।

उक्त फोरमको संस्थापक अध्यक्षको हैसियतमा पूर्वमेयर शाक्यले स्थानीय तह, प्रदेश र संघीय सरकारलाई समन्वय गरी विकास निर्माण र जनसरोकारको विषयमा पहल गर्ने उद्देश्यले आफूहरूले यो बधाई कार्यक्रम सहित स्थानीय समस्याहरूको बारेमा जानकारी मन्त्रीलाई गराएको बताए । काठमाडौं उपत्यकाको ३ जिल्लाका स्थानीय तहमा भएको स्वास्थ्य समस्या र ती समस्या समाधनको लागि आफूहरूले निरन्तर स्वास्थ्य मन्त्रीलाई सुझाव र सहयोग गर्ने पनि उनले बताए ।

फोरम कै पहलमा उपत्यकाभित्रको फोहोर व्यवस्थापनको लागि बञ्जरे डाँडामा आधुनिक फोहोर व्यवस्थानले गति लिएको थियो । आधुनिक रूपमा निर्माण भएको उक्त स्थान अहिले निर्माणको अन्तिम चरणमा छ ।