१४ बैशाख २०८१, शुक्रबार 1714152198
खेलकुद

टस जितेर स्कटल्याण्डविरुद्ध फिल्डिङ गर्दै नेपाल

काठमाडौं। आईसीसी लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले टस जितेर स्कटल्याण्डविरुद्ध फिल्डिङ गर्ने भएको छ।

नेपालका कप्तान रोहित पौडेलले त्रिवि क्रिकेट मैदानमा टस जितेर स्कटल्याण्डलाई ब्याटिङको निम्तो दिएका हुन्।

पहिलो खेलको टोलीमा एक परिवर्तन भएको छ। नेपालले स्पिनर ललित राजवंशीको स्थानमा तीर गतिका बलर गुल्सन झालाई टोलीमा समावेश गरेको छ।

घरेलु मैदानमा भइरहेको श्रृंखलाको पहिलो खेलमा नामिबियालाई हराएको नेपाली टिम त्यही लय कायम राख्ने योजनामा छ।