३ बैशाख २०८१, सोमबार 1713181927
Banner

सांसद भण्डारीको आज २ पटक अप्रेसन, ४८ घण्टा भेन्टिलेटरमा राखिने

काठमाडौं । मुम्बईमा उपचाररत नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको आज २ शल्यक्रिया गरिने भएको छ। बिहान १०ः३० बजे पहिलो र दिउँसो १ः३० बजे दोस्रो शल्यक्रिया हुने कांग्रेस स्रोतले जनाएको छ ।

उनीको भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । गएराति साढे १० बजे डा.सुनिल केस्वानीले र साढे ११ बजे डाक्टर सन्दीप मिस्त्रीले उनको स्वास्थ्य परीक्षण गरेका थिए ।

डा.केस्वानीको भनाइ उद्धृत गर्दै कँडेलले भनेअनुसार भण्डारीको शरीरमा फ्लुइडको मात्रा डबल गरी बिहान १०ः३० बजे पहिलो र दिउँसो १ः३० बजे दोस्रो सर्जरी गरिने छ। अर्का डाक्टर संदीपले भने अनुसार भण्डारीका सबै पारामिटरहरू नर्मल रहेका छन्। तर उनलाई ४८ घण्टा भेन्टिलेटरमै राखिने छ।

काठमाडौंको बुद्धनगरस्थित निवासमा बुधबार राति ग्याँस सिलिण्डर दुर्घटनामा परेर भण्डारी र उनकी आमा हरिकला जलेका थिए। आमाको बिहीबार कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। भण्डारीको श्वासनली र फोक्सोमा गम्भीर असर देखिएपछि उपचारका लागि बिहीबार नै भारत लगिएको थियो ।