१३ बैशाख २०८१, बिहीबार 1714085584
राजनीति

२ दिने भ्रमणका लागि भारत जाँदै पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल आज भारत जाँदै छन् ।

भारतीय कम्युनिस्ट पार्टीको सम्मेलनका लागि आएको निमन्त्रणा स्वीकार गर्दै पटना, भारत जान लागेको उनको सचिवालयले जनाएको छ।

बिहीबार १० बजे बुद्ध एयरको उडानबाट २ दिनका लागि भारतको पटना जान लागेका हुन । सो क्रममा भारतीय कम्युनिस्ट, वामपन्थी र समाजवादीका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको खनालको सचिवालयले जनाएको छ।