१४ बैशाख २०८१, शुक्रबार 1714113727
विश्व

रुसमाथि थप प्रतिबन्ध लगाउन जेलेन्स्कीको आह्वान

किभ—युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन पश्चिमेली देशहरुसमक्ष अनुरोध गरेका छन् ।

रुसी सेनाले युक्रेनमा आक्रमण तीव्र पारिरहेका बेला जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन अनुरोध गरेका हुन् ।

रुसमा उत्पादित सामग्री बस्किार गर्न र त्यहाँको तेल आयात नगर्नसमेत उनले अनुरोध गरेका छन् । यसअघि पश्चिमा देशहरुले रुसमाथि एकपछि अर्को प्रतिबन्ध लगाएका थिए ।

यसैबीच, रुसी सेनाको हमलामा दशौँ हजार सर्वसाधारण विभिन्न सहरमा फसेको विवरण सार्वजनिक भएका छन् । रुस र युक्रेन सरकारका प्रतिनिधिबीच तेस्रो चरणको वार्ताको तयारी भएको बीबीसीले जनाएको छ । यसअघि भएका वार्ता बिनानिस्कर्ष टुंगिएका थिए ।