८ बैशाख २०८१, शनिबार 1713609906
Banner

माछापोखरीमा यातायात मजदुरले अस्थायी प्रहरी बिट जलाए  

काठमाडौं – आन्दोलनरत यातायात मजदुरहरुले काठमाडौंको माछापोखरीस्थित अस्थायी प्रहरी बिटमा पनि आगजनी गरेका छन्।

दिउँसो १ बजेदेखि नै यस क्षेत्रमा आन्दोलनरत मजदुरहरुले केहीबेर अघि प्रहरीका दुईवटा भ्यान जलाएका थिए। प्रहरीविरूद्ध आक्रामक रुपमा प्रस्तुत भएका आन्दोलनकारीहरुले भर्खरै अस्थायी प्रहरी बिटमा पनि आगजनी गरेका हुन्।

आन्दोलनकारीहरुले ट्राफिक प्रहरीले सडक व्यवस्थापनमा राखेको डिभाइडर, चोकमा प्रहरी उभिने आइल्याण्ड लगायतका संरचनामा समेत आगो लगाएका छन् । यतिबेला प्रहरी घटनास्थलमा पुगेको छ । केही सेल अश्रुग्याँस प्रहरीले आन्दोलकारीमाथि चलाएको छ । जवाफमा प्रर्दशनकारीहरुले प्रहरीमाथी ढुंगामुढा गरेका छन् ।