११ बैशाख २०८१, मंगलवार 1713911194
अर्थ

सामुदायिक रेडियोलाई पछि पार्ने सरकारको नीति छैन : अर्थमन्त्री पौडेल

काठमाण्डाै – उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले सामुदायिक रेडियोलाई पछि पार्ने नीति नलिएको स्पष्ट पार्नुभएको छ । विश्व रेडियो दिवसको अवसरमा सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराबले  बिहान गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। 

मन्त्री पौडेलले सरकारले आजसम्म पनि सामुदायिक रेडियोलाई पछि पार्ने नीति नलिएको र आउँदाे दिनमा पछि पार्ने नीति नलिने बताउनु भयो । उहाँले सामुदायिक रेडियोहरु पछि नपर्ने गरी आफ्ना कार्यक्रम र समाचार सम्प्रेषण गर्नुपर्ने बताउनु भयो।

मन्त्री पौडेलले सामुदायिक रेडियोहरुको नवीकरण, दर्ता र करका विषयमा रहेका समस्याहरुको समाधानका लागि प्रतिनिधिमूलक ढङ्गबाट मन्त्रालयमा छलफलका लागि आउन आग्रह गर्नुभयो ।  उहाँले रेडियोहरुको गति तीव्र रुपमा अघि बढ्न जरुरी रहेको बताउनु भयो । उहाँले नेपाल शान्ति क्षेत्र हो भन्ने सन्देश रेडियोमार्फत् विश्वभर पुर्याउन सक्नुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘सरकारले सामुदायिक रेडियोलाई पछि पार्ने नीति लिँदैन । पछि पर्ने कुरा सरकारको जिम्माको कुरा होइन । सरकारले पछि पार्ने नीति लिँदैन र यहाँहरु पछि पर्नु पनि हुँदैन । कहिलेकाहीँ म्याराथनमा मान्छे पछि छुटे जस्तो लाग्छ, तर त्यो पछि छुटेको मान्छे, लास्ट डेस्टिनेशनमा पछि अगाडि पुगिसकेको हुन्छ । नवीकरण, दर्ता, करका विषयहरुमा समस्याहरु के हुन्, यहाँहरु प्रतिनिधिमूलक ढङ्गले आउनु होला । सबै समस्याहरु छलफलबाट समाधान गर्न सकिन्छ ।’

अर्थमन्त्री पौडेलले सामुदायिक रेडियोको भूमिका प्रशंसनीय रहेको बताउनु भयो ।