७ बैशाख २०८१, शुक्रबार 1713585952
राजनीति

रास्वपा संसदीय दल र केन्द्रीय समितिको बैठक बस्र्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज संसदीय दल र केन्द्रीय समितिको बैठक बोलाएको छ।

बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रिय कार्यालयमा बस्ने रास्वपाले जनाएको छ । आजको बैठकले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा पार्टीबाट कसले उम्मेदवारी दिने भन्ने बारेमा टुंगो लगाउनेछ।

यसअघि सो क्षेत्रबाट पार्टी सभापति रवि लामिछाने निर्वाचित भएका थिए तर नागरिकता विवादका कारण अदालतले सांसदबाट नलिम्वित हुने फैसला गरेसँगै सो क्षेत्रमा वैशाख १० उपनिर्वाचन हुन लागेको हो।