१३ बैशाख २०८१, बिहीबार 1714051123
Banner

चिकित्सकको आन्दोलन फिर्ता, यी हुन् ६ बुँदे सहमति (पूर्णपाठ)

काठमाडौं । ६ बुँदे सहशमति गरेपछि आन्दोलनरत चिकित्सकहरूले सबै संषर्षका कार्यक्रम स्थगित गरेका छन् । सरकारी वार्ता टोलीसँगको ६ बुँदे सहमतिपश्चात चिकित्सकको आन्दोलन रोकिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेशप्रसाद पाण्डेय र नेपाल चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्की संयोजक रहेको दुवैतर्फका वार्ता टोलीबीच सहमति भएको हो ।

सहमतिपछि जारी विज्ञप्तिमा घाइते चिकित्सकको उपचार व्यवस्था सरकारले मिलाउने, चिकित्सकमाथि कुटपिट गर्ने सुरक्षाकर्मीलाई निलम्बन गरी छानबिन सुरू गरिसकिएकाले एक साताभित्र छानबिन सकेर दोषीलाई कारबाही गर्ने उल्लेख छ।

साथै ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ मा गर्नुपर्ने परिमार्जनबारे एक साताभित्र सुझाव पेश गर्ने पनि सहमति गरिएको छ ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (संशोधनसहित) ऐन, २०६६ बमोजिम स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी व्यवस्थालाई प्रभावकारी कार्यान्वयन र स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक व्यवस्थामा पनि जोड दिइएको छ ।

यस्तो छ वार्ता टोलीबीच भएको सहमतिः