१२ बैशाख २०८१, बुधबार 1713972007
समाचार

आजको मौसम : उच्च पहाडी क्षेत्रमा हिमपात, तराई क्षेत्रमा हावाहुरी

काठमाडौं । आज देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपात र तराईका केही ठाउँमा हावाहुरी चल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। यस क्रमा प्रदेश नम्बर १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा भने अपराह्नतिर हावाहुरी लाग्ने सम्भावना छ।

महाशाखाका अनुसार आज राति प्रदेश नम्बर १ को पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा प्रदेश नम्बर १ को उच्च पहाडी तथा हिमाली भेगका एक २ स्थानमा हल्का हिमपातको सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टा (सोमबार बिहान ६ बजेसम्म)का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ, ‘प्रदेश नं.१ र गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको साथै तराईका केही भूभागमा बिहानीपख हुस्सुःकुहिरो लाग्ने सम्भावना रहेको र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा अपह्नतिर हावाहुरीसमेत लाग्ने सम्भावना रहेको हुनाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’