३ बैशाख २०८१, सोमबार 1713180596
Banner

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दै

काठमाडौं – उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दै छ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीति संयन्त्रको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ९ बजेलाई बोलाईएको छ ।

बिहिबार दिउँसो ३ बजेका लागि तय भएको बैठक स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष तथा सयन्त्रका संयोजक ओलीबीच छलफल गर्नुभएको थियो।

सत्तारुढ गठबन्धनको एक घटक राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको छ । सो दलले सरकारलाई आफ्नो समर्थन भने कायमै राखेको छ । सरकारबाट बाहिरिनुअघि राष्ट्रिय स्वतन्त्र पार्टीले संयन्त्रको बैठक माग गरेको थियो । तर बैठक बस्न सकेको थिएन ।

आज बस्ने संयन्त्रको बैठकमा रास्वपालाई सरकारमा सहभागी गराउने विषयसहित सुदूरपश्चिम सरकार विघटनबारे समीक्षा हुने विश्वास प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुले गरेका छन् । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनाबारेमा पनि संयन्त्रमा छलफल हुने बताइएको छ ।