८ बैशाख २०८१, शनिबार 1713631828
Banner

संसद् बैठक फागुन २९ सम्म स्थगित

काठमाडौं – प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित भएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकले ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेसँगै सभामुख अग्निप्रसाद सापकोटाले २९ फागुन दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

आइतबारको बैठक सुरु हुनासाथ एमाले सांसदले नाराबाजी गरेका थिए । एमाले सांसदको नाराबाजीबीच सभामुख सापकोटाले महाअभियोग सिफारिस समितिमा रहने सदस्यको नाम वाचन गर्नुभएको थियो ।