८ बैशाख २०८१, शनिबार 1713651929
Banner

लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचनको मतदान सुरु

दाङ । लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा १० बजेदेखि मतदान सुरु भएको हो ।

राष्ट्रियसभा सदस्यबाट रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि सोही स्थानमा उपनिर्वाचन भएको हो ।

निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तह प्रमुख र उपप्रमुखहरूले अहिले मतदान गरिरहेका छन् । मतदान स्थलमा २ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।