१२ बैशाख २०८१, बुधबार 1713950175
Banner

एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड बालकोटमा

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

आज दुई नेताबीच एमाले अध्यक्ष ओली निवास बालकोटमा भेटवार्ता भएको हो ।

भेटमा राष्ट्रपतिरउपराष्ट्रपति निर्वाचन, समसामयिक राजनीतिक परिस्थिति, मन्त्रिपरिषदलाई पूर्णता दिने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। राष्ट्रपति आफूले पाउनुपर्ने र गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिनुपर्ने पक्षमा एमाले छ तर गृह मन्त्रालय नपाएपछि रास्वपा सरकारबाट बाहिरीसकेको छ।

राष्ट्रपतिको निर्वाचन फागुन २५ र उपराष्ट्रपतिको निर्वाचन चैत ३ मा हुँदैछ।