१३ बैशाख २०८१, बिहीबार 1714063446
Banner

दमौलीमा आगलागी निरीक्षणमा श्रममन्त्री हेलिकप्टर लिएर प्रस्थान

काठमाडौं । तनहुँको सदरमुकाम दमौली बजारमा आगलागी अनियन्त्रित भएपछि आगलागी निरीक्षणमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ हेलिकप्टर लिएर दमौली प्रस्थान गर्नुभएको छ ।

दमौली बजारको भोर्लेटार चोकमा आगलागी भएको छ । भुपाल हार्डवेयर र ज्योति हार्डवेयरमा बिहान करिब १० बजेदेखि आगलागी भएको हो । मन्त्री श्रेष्ठ सिम्रिक एयरको हेलिकप्टरबाट दमौली जानुभएको छ । आगो अनियन्त्रित भएपछि बजारवासी त्रसित छन् ।