८ बैशाख २०८१, शनिबार 1713635187
खेलकुद

नेपाल खेलकुद महासंघद्धारा ६ प्रदेशको पहिलो चरणको अधिवेशन सम्पन्न

काठमाडौं । नेपाल खेलकुद महासंघले पहिलो चरणमा प्रदेश अधिवेशनहरु सम्पन्न गरेको छ । ७ फागुनमा प्रजातन्त्र दिवसको अवसर पार्दै उपत्यका विशेष प्रदेश अधिवेशन सुरु गरेर महासंघले अधिवेशनहरु सुरु गरेको थियो ।

२१ फागुनमा सुखानीका सहिदहरुको सम्झनामा प्रदेश १ को अधिवेशन गर्दै महासंघले प्रदेश अधिवेशनहरु सम्पन्न गरेको हो ।

अब महासंघले लुम्बिनी र गण्डकी प्रदेशमा अधिवेशन गर्न बाँकी छ । महासंघका अनुसार १० चैतमा लुम्बिनी प्रदेश र १९ चैतमा गण्डकी प्रदेशमा महासंघले अधिवेशन गर्दैछ । त्यस्तै, २८ फागुनमा विभिन्न खेल संघहरुको अधिवेशन गर्ने पनि महासंघले जनाएको छ ।