१४ बैशाख २०८१, शुक्रबार 1714114137
राजनीति

प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवस आज मनाईदै

काठमाडौं । प्रेस चौतारी नेपालको आज २५ औं स्थापना दिवस बिभिन्न कार्यक्रमको आयोजना गरि मनाईरहेको छ । स्थापना दिवसका अवसरमा चौतारीले बिहान ११ः ३० बजे काठमाडौंको तिनकुने स्थित रोयल बैक्वेटमा भव्य कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रमको प्रमुख अतिथि अर्थमन्त्री विष्णुपौडेल हुनुुहन्छ भने अतिथिमा एमालेका एक दर्जन नेताहरू रहनुभएको छ । स्थापना दिवसको अवसरमा पुरस्कार वितरणसमेत गरिने कार्यक्रम रहेको छ ।

हरेक वर्ष स्थापना दिवसका दिन पुरस्कार वितरण गरिदैं आएकामा यस वर्ष यो पुरस्कार संख्या ६ पुगेको छ । बरिष्ठ पत्रकार रघु मैनालीको संयोजकत्वमा गठिन समितिले चयन गरेकालाई आजै पुरस्कार वितरणको कार्यक्रम पनि राखिएको छ । जसअनुसार हृदयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार डा बालकृष्ण चापागाईँ ( रुपन्देही) लाई दिईदैछ भने अग्नि शिखा स्मृति पत्रकारिता पुरस्कार कृष्ण केसी (लमजुङ), डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार याम शर्मा (दैलेख) वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार लक्ष्मी साह (बारा)लाई प्रदान गरिदैं छ।

यसैगरी, सावित्रीदेवी–पद्‍मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार लीलाराज भट्टराई (सुनसरी) र चन्द्र न्यौपाने–शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार ममता भट्ट (डडेलधुरा) लाई प्रदान गर्न लागिएको चौतारीले जनाएको छ ।