८ बैशाख २०८१, शनिबार 1713630178
Banner

रविलाई मन्त्री बनाउने नबनाउने निश्चित गर्न प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं- रवि लामिछानेले सरकार छोड्ने अल्टिेमेटम दिएको अन्तिम दिन आज प्रधानमन्त्री पुष्पकमल दाहाल र उच्च स्तरीय राजनीतिक संयन्त्रका संयोजक एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएको छ ।

लाछिानेको मागलाई के कसरी सम्बोधन गर्ने वा राष्ट्रियत स्वतन्त्र पार्टीलाई सरकारबाट बाहिर जाने बाटो खुला गरिदिने भन्ने बारेमा दुई अध्यक्षबीच छलफल हुनेछ । अध्यक्ष ओली लाछिानेलाई संविधानले दिएको अधिकार अनुसार गैह्र साँसदकै हैसियतमा पनि ६ महिना मन्त्री बनाउनु पर्ने पक्षमा हुनुहुन्छ । प्रधानमन्त्री दाहाल गृह मन्त्रालय आफंसँग राख्ने अडानमा हुनुहुन्छ । दाहालको अडानले सत्ता गठबन्धन नै धरापमा पर्ने बुझाइ गठबन्धनका दलहरुमा छ । दुई अध्यक्षको आजको निर्णयले रविले मन्त्री पद पाउने नपाउने निश्चित गर्नेछ ।