१३ बैशाख २०८१, बिहीबार 1714107795
Banner

परराष्ट्रमन्त्री राई आज श्रीलंका जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल आज श्रीलंका भ्रमणमा जादै हुनुहुन्छ। भ्रमणमा राजनीतिक भेटघाट र राजनीतिक महत्त्वका अवसरहरूमा सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

शुक्रबार मन्त्री पौड्यालले श्रीलंकन समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको र त्यही दिन स्वागत लञ्चको कार्यक्रम राखिएको मन्त्रालयले जनाएको छ । सोही दिन मन्त्री पौड्यालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणबर्द्धनेसँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७५ औँ वर्षगाँठका अवसरमा श्रीलंका सरकारले आयोजना गर्ने विशेष समारोहमा सहभागी भइसकेपछि त्यसै दिन मन्त्री पौड्यालले श्रीलंकाका राष्ट्रपति रनिल बिक्रमासिंघेसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।